
ल्यायो है मनमा उमङ्ग अति नै , आयो नयाँ बर्ष याे
चारैतर्फ छ दिव्य सुन्दर छटा , छायाे निकै हर्ष याे
हाम्रो देश बनाेस् समुन्नत खुबै , राम्रो नयाँ सालमा
राेकून् है प्रतिभा पलायन छिटाे , उद्याेग खाेलून् यहाँ।।
सत्ता निम्ति छ राजनीति अब हाेस् , याे देशकाे खातिर
सादा गाँस, कपास, वास सबले , पाऊन् नहाेस् क्वै पिर
आफ्नो संस्कृतिमा रमेर जन ती , नाचून् सबै हर्षले
भ्रष्टाचार हटाेस् खुसी पल सँगै , ल्याओस् नयाँ बर्षले।।
बिर्साैँ है सब ती दुुखी पलहरू , जे जे थिए व्यर्थका
नेता एक भई गरून् प्रगति लाै , छाडून् कुरा स्वार्थका
तन्नेरी जति छन् बसून् मुलुकमै, पेसा गरून् मस्त भै
शिक्षा स्वास्थ्य दुबै मिलून् सहजले, बाँचून् सबै स्वस्थ भै।।
नेताका जति छन् अठाेट सब ती , पूरा गरून् है जसै
जाे जाे छन् फतुरा गफी फतफते , लागून् किनारा यसै
आफ्नै भाइ लडेर द्वेष भरिने , चुत्थो नहाेस् चाल त्याे
उम्दा बुद्धि विवेक हाेस् मगजमा , नाैलाे नयाँ साल याे।।
राम्रो साेच्न सकून् सबै जन यहाँ , दुर्भाव पैदा नहून्
बाँचून् सन्त खुसी बनेर जगमा , पापिष्ठ कैदी बनून्
हाम्रो देश चलाेस् सधैँ प्रगतिमा , देख्ने छ याे चाहना
राम्रो हाेस् जय हाेस् सधैँ मुलुककाे , गर्दैछु यै कामना।।
म्याग्दे ३ तनहुँ
























