हेडलाईनसमाचारविचारप्रदेश

घाम पानीमा बसेका पत्रकारका लागि टेण्ट र पिउने पानीको व्यवस्था गर्न सांसद खुश्बु ओलीको आग्रह

प्रहार समाचार । काठमाडौं, १ जेष्ठ २०८३ शुक्रबार । प्रतिनिधिसभा सदस्य खुश्बु ओली ले संसद् भवन बाहिर रिपोर्टिङमा खटिएका पत्रकारहरूको कार्य वातावरणप्रति ध्यानाकर्षण गराएकी छन्। संसदीय बैठकमा सहभागी भइरहेका बेला झ्यालबाट बाहिर हेर्दा पत्रकारहरू खुला मैदानमा बसेर काम गरिरहेको देखेपछि उनले सामाजिक सञ्जालमार्फत उनीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरेकी हुन्।

उनले राज्यको चौथो अंग मानिने पत्रकारहरू घाम, पानी र हावाको प्रत्यक्ष प्रभावमा काम गर्न बाध्य भइरहेको उल्लेख गर्दै संघीय संसद् सचिवालयले कम्तिमा अस्थायी रूपमा भए पनि तोकिएको स्थानमा टेण्ट तथा पिउने पानीको उचित व्यवस्था गर्नुपर्ने बताएकी छन्। साथै, सदनभित्र रिपोर्टिङ गर्ने पत्रकारहरूका लागि पनि पर्याप्त र व्यवस्थित बस्ने स्थान उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेकी छन्।

सांसद ओलीले पत्रकारहरूको कार्यक्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन राज्यले आवश्यक संवेदनशीलता देखाउनुपर्नेमा जोड दिएकी छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button