प्रहार समाचार । काठमाडौं, २५ बैशाख २०८३ शुक्रबार I सरकारले विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावअनुसार अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय श्रम संगठनकै श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नम्बर ८१ अनुमोदनका लागि संघीय संसद्समक्ष पेश गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको प्रवक्ता पोखरेलले बताए।
























