हेडलाईनसमाचारगण्डकी

मनकामनामा लायन्सको दोस्रो क्याबिनेट बैठक हुँदै, धेरै सदस्य सहभागी गराउन आग्रह

प्रहार समाचार । गोरखा, ३० कात्तिक २०८३ सोमबार । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३ सय २५ एल नेपालको दोस्रो क्याबिनेट बैठक आगामी मङ्सिर ५ र ६ गते गोरखाको ऐतिहासिक तथा धार्मिक तीर्थस्थल मनकामनामा आयोजना हुने भएको छ ।

डिस्ट्रिक्ट गभर्नर लायन तारा भुसालको आह्वानमा मनकामनास्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा हुने बैठकको व्यवस्थापनको जिम्मेवारी होस्ट क्लब लायन्स क्लब अफ मनकामनाले पाएको छ । नोभेम्बर २१ र २२ तारिख आयोजना हुने बैठकमा डिस्ट्रिक्टका सम्पूर्ण क्याबिनेट पदाधिकारी, क्लब अध्यक्ष तथा लायन्स सदस्यहरूको सहभागिता रहनेछ ।

बैठकलाई व्यवस्थित बनाउन क्लबहरूलाई आफ्ना सदस्यको अधिकतम सहभागिता सुनिश्चित गर्न आग्रह गरिएको एरिया कोअडिनेटर (तनहुँ) पवित्रा खनालले जानकारी दिइन् । डिस्ट्रिक्ट ३२५ एल नेपालका को–चिफ एड्भाइजर लायन समिर ब्याञ्जु श्रेष्ठले सबै क्लबलाई समयमै रजिस्ट्रेसन गराई बैठकमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् । उनका अनुसार पहिलो रजिस्ट्रेसन गर्ने क्लब, शतप्रतिशत सदस्य रजिस्ट्रेसन गराउने क्लब, सबैभन्दा बढी सदस्य सहभागी गराउने क्लब तथा उत्कृष्ट तीन जोन चेयरपर्सनलाई आकर्षक अवार्डसमेत प्रदान गरिनेछ ।

आ क्याबिनेट अफिसरका लागि दुई दिनको रजिस्ट्रेसन शुल्क दुई हजार पाँच सय रुपैयाँ, क्लब अफिसरका लागि एक दिनको एक हजार पाँच सय रुपैयाँ र लियो अफिसरका लागि एक हजार रुपैयाँ निर्धारण गरिएको छ । रजिस्ट्रेसनको अन्तिम मिति मङ्सिर २८ नभई कार्तिक २८ गते तोकिएको सूचनामा उल्लेख छ । रजिस्ट्रेसन व्यवस्थापन समितिका संयोजक लायन दिनेश जोशीले तोकिएको समयभित्रै क्लबको नाम उल्लेख गरी शुल्क जम्मा गर्न र बढीभन्दा बढी सदस्यको सहभागिता सुनिश्चित गर्न आग्रह गरेका छन् । बैठकले सामुदायिक सेवाको भावना, संस्थागत एकता र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button