प्रहार समाचार । काठमाडौं, २८ बैशाख २०८३ सोमबार । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत देशभरका १० हजार सामुदायिक विद्यालयमा इलर्निङ, भर्चुअल कक्षा तथा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित शिक्षण प्रणाली विस्तार गर्ने घोषणा गरेको छ ।

सोमबार संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउन उच्च गतिको इन्टरनेट, खुला डिजिटल शैक्षिक सामग्री तथा आधुनिक सिकाइ प्रणालीको पहुँच विस्तार गरिने जानकारी दिए । उनले विद्यालयहरूको भौतिक तथा शैक्षिक पूर्वाधार सुधारका लागि एकीकृत योजना लागू गरिने उल्लेख गर्दै १० हजार सामुदायिक विद्यालयमा डिजिटल शिक्षण प्रणाली प्रभावकारी रूपमा सञ्चालन गरिने बताए ।




















