प्रहार समाचार । काठमाडौँ, चैत ३० । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एपालेको कोटामा शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो । उनी पूर्व राजदूतसमेत हुन् ।
शाक्यसँग परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक , नेपाल वुमन चेम्बरको संस्थापक अध्यक्षको समेत जिम्मेवारी बहन गरिसकेकी उनमा धेरै पुस्तकहरुको सम्पादन, गायन, समाचार वाचन गर्ने लगायतका बहुमुखी प्रतिभावान दक्ष नारी प्रतिभाका गुणहरु रहेका छन्।
























