लुम्बिनीहेडलाईनकोशीमदेशसमाचारकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीमनोरञ्जन

आज एउटै नवरात्रमा दुई महाअष्टमी, पात्रोको अन्योलमा धर्म कि कर्मकाण्ड ?

प्रहार समाचार । आज वडा दशैंको आठौं दिन महाअष्टमी । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमै कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख भएपछि धार्मिक विधि र तिथिको व्यावहारिक व्याख्यामाथि प्रश्न उठेको छ।

तिथि वृद्धिका कारण आज पनि हिजोकै महाअष्टमीका कर्म दोहोर्‍याउन समितिले सुझाव दिएको छ। धर्मशास्त्रअनुसार तिथिको निरन्तरता मान्नु स्वाभाविक भए पनि एउटै पर्वको मूल कर्म लगातार दुई दिन गर्नुपर्ने अवस्थाले पात्रो निर्माण, धार्मिक निर्णय र सर्वसाधारणलाई दिइने सन्देशको स्पष्टतामाथि बहस गर्ने ठाउँ दिएको छ।समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि दशैँघर वा पूजा कोठामा आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ।

अघिल्लो दिन गरिएका महाअष्टमीका अन्य कर्मसमेत दोहोर्‍याउनुपर्ने उनको भनाइ छ। तर प्रश्न यति मात्रै होइन—पात्रोमा तिथि वृद्धि हुँदा धार्मिक विधि कसरी पालना गर्ने भन्ने विषयमा सर्वसाधारणले सहजै बुझ्ने गरी एकरूप र स्पष्ट जानकारी दिनु सम्बन्धित निकायको जिम्मेवारी होइन र? धार्मिक आस्थालाई अन्योलमा नपार्न यस्ता निर्णयको आधार र व्यावहारिक पक्षसमेत स्पष्ट पारिनु आवश्यक देखिन्छ।यद्यपि, आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने पात्रोमा उल्लेख छ। विजयादशमीमा १० रात्रिका जमरा लगाइने र देवीको साधना तथा आराधनामा एक दिन थपिँदैमा फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ। तर आस्थाको विषय भन्दै हरेक अन्योललाई प्रश्नविहीन रूपमा स्वीकार गर्ने कि धार्मिक परम्पराको मर्म जोगाउँदै निर्णय प्रक्रियालाई थप पारदर्शी र जनमैत्री बनाउने? धर्मको सम्मान कर्मकाण्डको पुनरावृत्तिमा मात्र होइन, त्यसको औचित्य, शास्त्रीय आधार र स्पष्ट व्याख्यामा पनि निहित हुन्छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button