काठमाडौं । गृह मन्त्रालयले प्रशासनिक संयन्त्रमा फेरबदल गर्दै नौ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले हिंजो गरेको निर्णयअनुसार चार जना सहसचिवको सरुवा र पाँच जनाको पदस्थापन गरेको हो।

निर्णयसँगै जिल्ला प्रशासनदेखि अध्यागमन विभाग र विपद् व्यवस्थापन प्राधिकरणसम्मका महत्वपूर्ण जिम्मेवारीमा हेरफेर भएको छ।
मन्त्रालयको निर्णयअनुसार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ। त्यस्तै, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल गृह मन्त्रालयमा तानिएका छन् भने गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
त्यसैगरी गीता कुमारी होमेगाईलाई रामेछाप, वीरेन्द्रकुमार मिश्रलाई दैलेख, विमलप्रसाद बराललाई महोत्तरी, शिवप्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। म यस निर्णयसँगै पर्सा, रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुली गरी छ जिल्लाले नयाँ प्रमुख जिल्ला अधिकारी पाएका छन्। गृह मन्त्रालयको यो फेरबदलले प्रशासनिक नेतृत्वमा नयाँ जिम्मेवारी तोके पनि जिल्लाको सुशासन, सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा नयाँ प्रमुख जिल्ला अधिकारीहरूले कस्तो प्रभावकारी भूमिका खेल्छन् भन्ने कुरा भने आगामी कार्यसम्पादनले देखाउनेछ।











