आँबुखैरेनीहेडलाईनसमाचारगण्डकीखेलकुद

२१ किलोमिटर दौडमा आँबुखैरेनीका सनम गुरुङको छलाङ, राष्ट्रिय खेलकुदको छनोटमा बने पहिलो

प्रहार समाचार । तनहुँ, १० मंसिर २०८३ बिहीबार । राष्ट्रिय खेलकुदको मञ्चमा तनहुँको प्रतिनिधित्व गर्ने लक्ष्यसहित दौडिएका आँबुखैरेनीका सनम गुरुङले २१ किलोमिटर दौडमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका छन्।

सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजित छनोट प्रतिस्पर्धामा गुरुङले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान सुरक्षित गरेका हुन्। छनोट प्रतियोगितामा गुरुङको यो सफलता केवल व्यक्तिगत उपलब्धिमा सीमित छैन, यसले आँबुखैरेनीसहित समग्र तनहुँको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ। लामो दूरीको दौडमा देखाएको क्षमताले राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न तनहुँमा पनि प्रतिभाशाली खेलाडी रहेको सन्देश दिएको छ।

स्थानीयस्तरमा रहेका खेल प्रतिभालाई उचित अवसर, प्रशिक्षण र प्रोत्साहन दिन सके राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण गुरुङ बनेका छन्। २१ किलोमिटरको दौडमा पहिलो बनेका गुरुङको सफलताले अब राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि तनहुँको नाम चम्काउने अपेक्षा बढाएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button