हेडलाईनसमाचारबागमती

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्लीमा

प्रहार समाचार । भारत, ७ मंसिर २०८३ सोमबार । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि हिंजो भारतको नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो।

भारतीय विदेशमन्त्री एस जयशंकरले शाहसँग शिष्टाचार भेट गर्दै द्विपक्षीय सम्बन्ध र भ्रमणका एजेन्डाबारे छलफल गरेका छन्। तर यस भ्रमणलाई औपचारिक भेटघाटमा मात्र सीमित नराखी आर्थिक सहयोग, पूर्वाधार र नेपालको दीर्घकालीन हितमा ठोस उपलब्धि हासिल गर्ने चुनौती शाहसामु छ।प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग गर्ने भेटवार्तालाई विशेष चासोका साथ हेरिएको छ। नेपालले पूर्वाधार निर्माण तथा भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि २ अर्ब अमेरिकी डलर बराबरको सहयोग मागेको छ।

भारतले भने अनुदान र सहुलियतपूर्ण ऋणसहित १ अर्ब ५० करोड डलरको आर्थिक प्याकेज घोषणा गर्न सक्ने अनुमान गरिएको छ। तर भारतीय पक्षले संकेत गरेको भनिएको ‘सरप्राइज’ के हो भन्ने अझै सार्वजनिक भएको छैन।भ्रमणको अर्को महत्त्वपूर्ण एजेन्डा हवाई प्रवेशमार्ग, व्यापार, पारवहन, ऊर्जा र सीमा व्यवस्थापन हो। विशेषगरी बागडोगरा विमानस्थलका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्ने प्रस्तावमा भारतको धारणा निर्णायक हुनेछ। नेपालले थप हवाई प्रवेशमार्गको माग गरिरहँदा भारतीय पक्षबाट स्पष्ट सहमति जुट्छ वा फेरि आश्वासनमै सीमित हुन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। आर्थिक साझेदारी, डिजिटल कनेक्टिभिटी, जलस्रोत, शिक्षा, स्वास्थ्य र खेलकुद समेटिएको १० बुँदे संयुक्त दृष्टिपत्र सार्वजनिक गर्ने तयारीसमेत छ।

अयोध्या–जनकपुर रेल सेवा, तल्लो अरुण जलविद्युत् आयोजना, नेपाल प्रहरी प्रतिष्ठान, एकीकृत जाँच चौकी र पुलको संयुक्त उद्घाटन पनि भ्रमणको कार्यसूचीमा छन्। तर उद्घाटन र घोषणाभन्दा पनि पुराना प्रतिबद्धता कार्यान्वयन, नेपालको मागमा ठोस सहमति र राष्ट्रिय हितको सुनिश्चितता नै भ्रमणको वास्तविक उपलब्धि हुनेछ। अ



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button