प्रहार समाचार । तनहुँ, ५ मंसिर ३०८३ शनिबार । कर दिवसको अवसरमा आज व्यास नगरपालिका–३ स्थित बीपी वनवाटिका खेलमैदानमा नेपाल पत्रकार महासंघ तनहुँशाखा र सार्वजनिक संस्थानका कर्मचारीसँग मैत्रिपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ ।

सधैँ जसो कलम, कापी, क्यामेर बोकेर रिपोटिङ्मा व्यस्त रहने तनहुँका पत्रकार र जनताको सेवामा सधैं खटिने सार्वजनिक संस्थानका कर्मचारबिच भएको प्रतियोगिता पहिलो हाप सम्प रोमाञ्चक बनेको थियो।

पहिलो हाप सङ्गै सार्वजनिक संस्थानले लगातार तीन गोल गर्दा पत्रकार महासङ्ले भने गोल रहित बन्न पुगेको थियो । कर दिवसलाई खेलकुदसँग जोडेर नागरिक सहभागिता, कर न्याय र सुशासनको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। कर तिर्ने दायित्व र राज्यप्रतिको जिम्मेवारीबारे जनचेतना फैलाउने अभियानलाई खेलमार्फत जनस्तरसम्म पुर्याउने प्रयासका रूपमा प्रतियोगितालाई हेरिएको छ ।












