हेडलाईनव्याससमाचारगण्डकीखेलकुद

यालेक्सी कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा : व्यास नगर प्रमुख न्यौपानेद्वारा उद्घाटन गरिने

प्रहार समाचार । तनहुँ, ३ मंसिर २०८३ बिहीबार । ग्यालेक्सी युवा क्लब व्यास–६, शिशाघाटले आयोजना गर्ने स्व. जीतबहादुर दुरा तथा देशमान दुरा स्मृति रनिङ कप ७ ए साइड फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

क्लबको १९औँ वार्षिकोत्सवका अवसरमा भोलि मंसिर ४ गतेदेखि शिशाघाट खेलमैदानमा सुरु हुने प्रतियोगिताको तयारी ९० प्रतिशत पूरा भएको आयोजकले जनाएको छ।


प्रतियोगितामा सहभागिताका लागि १४ भन्दा बढी टोलीले नाम दर्ता गराइसकेका छन्। खेलमैदान व्यवस्थापन, गोलपोस्ट निर्माण, खेल सामग्री, टिम व्यवस्थापन, निर्णायक तथा स्वयंसेवक परिचालनलगायतका काम अन्तिम चरणमा पुगेका छन्। प्रतियोगिताको उद्घाटन व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले गर्ने कार्यक्रम रहेको छ।

प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन विजेताले एक लाख २० हजार १०५ रुपैयाँ तथा उपविजेताले ६० हजार १०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताले उपाधिको प्रतिस्पर्धासँगै स्थानीय फुटबल प्रतिभालाई अवसर दिने र नयाँ खेलाडी उत्पादनमा योगदान पुर्‍याउने अपेक्षा आयोजकको छ।१९ वर्षसम्म निरन्तर फुटबल प्रतियोगिता सञ्चालन गर्नु सामान्य उपलब्धि होइन। सीमित स्रोतसाधन र चुनौतीबीच क्लबले जोगाएको यो निरन्तरताले स्थानीय खेलकुदप्रतिको प्रतिबद्धता झल्काउँछ।

अध्यक्ष भान सुब्बा दुराले प्रतियोगितालाई खेल जित्ने प्रतिस्पर्धामा मात्र सीमित नराखी स्व. जीतबहादुर दुरा र देशमान दुराको योगदानको सम्मान तथा स्थानीय फुटबलको भविष्य निर्माण गर्ने अभियानका रूपमा अघि बढाइएको बताए। प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन क्लबले खेलप्रेमी, युवा तथा स्थानीय समुदायसँग सहयोगको अपिलसमेत गरेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button