प्रहार समाचार । काठमाडौं, ३० कात्तिक २०८३ सोमबार । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सुन प्रतितोला १ हजार १०० रुपैयाँले सस्तिएको छ भने चाँदीको मूल्य पनि ८० रुपैयाँले घटेको छ ।

पछिल्लो मूल्य गिरावटसँगै सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा झरेको छ । चाँदीको मूल्यसमेत घटेर प्रतितोला ३ हजार ५२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आइतबार प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर २ लाख ६९ हजार १०० रुपैयाँमा झरेको हो । त्यसैगरी, आइतबार ३ हजार ६०० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ८० रुपैयाँले घट्दै ३ हजार ५२० रुपैयाँ कायम भएको छ ।
एकैदिन दुवै बहुमूल्य धातुको मूल्यमा आएको गिरावटले सुनचाँदी बजारमा मूल्य घट्ने क्रम देखिएको छ ।सुनचाँदीको मूल्यमा आएको यो गिरावटले गरगहना खरिद गर्ने उपभोक्तालाई केही राहत दिए पनि सर्वसाधारणको पहुँचभन्दा अझै निकै माथि सुनको मूल्य कायम छ । मूल्य घट्दा पनि सुन खरिद गर्न ठूलो रकम खर्चिनुपर्ने अवस्था कायमै रहेकाले सामान्य उपभोक्ताका लागि सुन अझै महँगो विलासिताको वस्तु बनेको छ ।






















