आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटगण्डकीघिरिङऋषिङभिमादम्याग्देशुक्लागण्डकी

नेपाली कांग्रेस देउवा पक्षको महाधिवेशनको तयारी तीव्र, दमौलीमा शक्ति प्रदर्शनको तयारी

प्रहार समाचार । तनहुँ, १ मंसिर २०८३ मंगलबार । नेपाली कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेशन (नियमित) महाधिवेशनको पक्षमा तनहुँमा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। भोली दमौलीमा हुने नियमित महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

महाधिवेशनको उद्घाटन कांग्रेस नेता डा. प्रकाशशरण महतले गर्ने कार्यक्रम तय भएको छ। नियमित महाधिवेशनका पक्षमा जिल्लामा माहोल बन्दै गएको जिल्ला संयोजक प्राडा कृष्णप्रसाद गौतमको दाबी छ। उनले महाधिवेशनमा सहभागी हुन नेता, कार्यकर्ता तथा शुभचिन्तकलाई अपिल गरेका छन्। महाधिवेशनअघि दमौलीमा र्‍यालीसमेत आयोजना गरिने तयारी छ।जिल्लाका १० वटै स्थानीय तहबाट प्रतिनिधिहरू सहभागी गराउने तयारी भइरहेको महाधिवेशन तयारी समितिका सहसंयोजक डम्बरबहादुर अधिकारीले जानकारी दिएका छन्। महाधिवेशनलाई सफल बनाउने नाममा जिल्लामा नेताहरूको भेटघाट र राजनीतिक सक्रियता पनि बढेको छ। केन्द्रीय सदस्य शंकर भण्डारी र आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली गृहजिल्लामा रहेर नेता–कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन्। आइतबार बीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य हरिशरण पण्डितसहितको टोलीले नियमित महाधिवेशनमा सहभागिता जनाएको छ।

त्यस्तै, कांग्रेस नेता भक्त श्रेष्ठ र विजय पौडेलले पनि केन्द्रीय सदस्य भण्डारीसँग भेटघाट गरेका छन्। महाधिवेशनको तयारीसँगै तनहुँ कांग्रेसभित्र नियमित महाधिवेशनको पक्षमा समर्थन जुटाउने र राजनीतिक शक्ति देखाउने गतिविधि तीव्र भएका छन्। दमौलीमा हुने र्‍याली र १० वटै स्थानीय तहबाट हुने प्रतिनिधित्वले महाधिवेशनको पक्षमा जिल्लाको राजनीतिक माहोल कति बलियो छ भन्ने संकेत गर्नेछ। तर, भेटघाट, प्रतिबद्धता र सहभागिताको दाबीले मात्रै महाधिवेशनको औचित्य पुष्टि हुँदैन; पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, विधि र विधानको सम्मान तथा कार्यकर्ताको वास्तविक भावनाको प्रतिनिधित्व नै यसको असली परीक्षा हुनेछ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button