हेडलाईनव्याससमाचारगण्डकीखेलकुद

तनहुँको ग्यालेक्सी क्लब रनिङ कपको उपाधिका लागि आज भिडन्त, चार टोली सेमिफाइनलमा

प्रहार समाचार । तनहुँ, १० मंसिर २०८३ बिहीबार । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटमा आयोजित ग्यालेक्सी क्लबको १९औँ वार्षिकोत्सव तथा स्व. जीनबहादुर दुरा र देशमान दुरा स्मृति रनिङ कप सेभेन ए साइड फुटबल प्रतियोगिता निर्णायक मोडमा पुगेको छ।

२६ टोलीको प्रतिस्पर्धाबाट अन्तिम चारमा स्थान बनाएका टोलीबीच आज सेमिफाइनल भिडन्त हुँदैछ भने विजेता टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताले शिशाघाटलाई यतिबेला फुटबलमय बनाएको छ।प्रतियोगिताअन्तर्गत आज बिहान करापुटार क्लब (ए) र माझटोल (ए), व्यास–६ बीच पहिलो सेमिफाइनल खेल हुनेछ। दोस्रो सेमिफाइनलमा गुरुङ ब्वाइज दमौली र करापुटार क्लब (बी) आमनेसामने हुनेछन्। दुई सेमिफाइनलबाट विजयी हुने टोलीबीच उपाधिका लागि फाइनल भिडन्त गर्ने छन् ।

२६ टोलीलाई पछि पार्दै अन्तिम चारमा पुगेका यी टोलीका लागि आजको खेल उपाधि यात्राको निर्णायक परीक्षा बन्नेछ। क्लबका अध्यक्ष भान सुब्बा दुराका अनुसार औपचारिक कार्यक्रम तथा विभिन्न सांस्कृतिक प्रस्तुतिसहित दिउँसो समापन समारोह र फाइनल खेल आयोजना गरिनेछ।

व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेद्वारा उद्घाटन भएको प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख २० हजार १०५ रुपैयाँ र द्वितीय हुने टोलीले ६० हजार १०५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही पाँच हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक भीमसेन दुराले जानकारी दिए।

स्थानीय खेल प्रतिभाको पहिचान, फुटबलको विकास र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताको समापनसँगै १९औँ वार्षिकोत्सव पनि विशेष समारोहका रूपमा मनाइनेछ। प्रतियोगितामा इन्द्र गुरुङ र अमन दुरा रेफ्रीको भूमिकामा रहेका छन्। अब सबैको ध्यान सेमिफाइनलको नतिजा र उपाधिका लागि हुने अन्तिम भिडन्तमा केन्द्रित भएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button