शिक्षाहेडलाईनव्याससमाचारगण्डकी

प्राविधिक शिक्षाको गुणस्तर जाँच्न तनहुँको निर्मल माविमा संयुक्त अनुगमन

प्रहार समाचार । तनहुँ, १० मंसिर २०८३ बिहीबार । तनहुँको दमौलीस्थित निर्मल माध्यमिक विद्यालयमा शैक्षिक प्रशिक्षार्थीहरूको ब्लक रिलिज कक्षा तथा आन्तरिक परीक्षाको संयुक्त अनुगमन गरिएको छ।

अनुगमनमा व्यास नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय तथा ईन्स्योर परियोजनाका प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले विद्यालयमा सञ्चालित ब्लक रिलिज कक्षाको अवस्था, प्रशिक्षार्थीहरूको सिकाइ प्रक्रिया, व्यावहारिक अभ्यास र आन्तरिक परीक्षाको स्थलगत अवलोकन गरेका थिए। अनुगमनका क्रममा प्रशिक्षार्थीले हासिल गरिरहेको सीप, सिकाइको प्रभावकारिता र प्राविधिक शिक्षालाई थप व्यावहारिक तथा रोजगारमुखी बनाउने विषयमा छलफल भएको विद्यालयका प्रधानाध्यापक विमल सिग्देलले जानकारी दिए ।

कक्षाकोठामा सिकेको ज्ञान वास्तविक कार्यक्षेत्रमा कति उपयोगी भइरहेको छ भन्ने पक्षलाई समेत प्राविधिक शिक्षाको सफलतासँग जोडेर हेरिएको छ।प्राविधिक शिक्षा प्रमाणपत्र र परीक्षाको नतिजामा मात्र सीमित हुनु हुँदैन, यसले विद्यार्थीलाई व्यवहारमै दक्ष र आत्मनिर्भर बनाउन सक्नुपर्छ।

विद्यालय, स्थानीय तह, प्राविधिक शिक्षा प्रदायक निकाय र परियोजनाबीचको समन्वयले सिकाइलाई उपलब्धिमूलक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। तर यस्ता अनुगमनको वास्तविक उपलब्धि भने प्रशिक्षार्थीले हासिल गर्ने सीप, दक्षता र रोजगारीमा देतर यस्ता अनुगमनको वास्तविक उपलब्धि भने प्रशिक्षार्थीले हासिल गर्ने सीप, दक्षता र रोजगारीमा देखिने परिणामबाटै मापन हुनेछ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button