लुम्बिनीकोशीमदेशकर्णालीसुदुर पश्चिमगण्डकीसाहित्यबागमती

प्रहार साहित्य : गजल -प्रविण भट्टराई ‘प्रयास’

उसले छोडेपछि आउँछौ, या उसलाई छोडेर आउँछौ

एउटा निर्णय गर, आखिर कुन बाटो रोजेर आउँछौ

म अलमल्ल परेको छु, तिम्रो यो दोधारे रूपले

आफ्नो जिन्दगीको बाटो, भन कता मोडेर आउँछौ

अँगालोमा बसी, मेरो माया खोज्ने तिमी

भन, एउटै मुटुलाई आखिर कता जोडेर आउँछौ

कति बस्छौ लुकाई तिमी, मुटुभित्र उसको तस्बिर भन,

उही पुरानो सम्बन्ध कसरी तोडेर आउँछौ

गाह्रो पर्ला नि माया, दुई नाउमा सवारी गर्न

दुनिया सामु झूटको पर्दा कसरी ओढेर आउँछौ



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button