हेडलाईनसमाचारगण्डकी

हराएको पर्स प्रहरीद्वारा फेलापारि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

• विजय अधिकारी (संवाददाता) लमजुङ, ४ कात्तिक २०८३ बुधबार । लमजुङको बेँसीसहर नगरपालिका–८ निवासी दिलबहादुर गुरुङको हराएको पर्स फेला पारी प्रहरीले सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

पर्सभित्र रहेको १३ हजार ५०० रुपैयाँ नगद र विभिन्न महत्त्वपूर्ण कागजपत्रसहित पर्स नै फिर्ता गरिएको हो।हराएको पर्समा नगद रकमसँगै विभिन्न कागजपत्रसमेत रहेका थिए।

पर्स फेला परेपछि प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी २०८३ कात्तिक ४ गते गुरुङलाई हस्तान्तरण गरेको जनाएको छ।हराएको सामान सुरक्षित रूपमा फिर्ता पाउँदा सम्बन्धित व्यक्तिलाई राहत मिलेको छ। नगद र कागजपत्रसहितको पर्स फिर्ता गर्ने प्रहरीको यस कार्यले नागरिकको सम्पत्ति सुरक्षामा प्रहरीको जिम्मेवारी र इमानदार प्रयासको महत्त्वलाई उजागर गरेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button