हेडलाईनभानुसमाचारगण्डकी

वरिष्ट पत्रकार स्वर्गिय उपाध्यायको परिवारलाई सहयोग स्वरूप १२ लाख रुपैया हस्तान्तरण

प्रहार समाचार । तनहुँ, ३ कात्तिक २०८३ मंगलबार । वरिष्ठ पत्रकार स्वर्गीय बसन्तप्रकाश उपाध्यायको परिवारलाई सहयोग गर्न संकलित १६ लाख रुपैयाँभन्दा बढी रकममध्ये १२ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ भने बाँकी रकम दशैँलगत्तै मात्रै जम्मा गरिने भएको छ।

तनहुँ अन्तर्राष्ट्रिय समाज, तनहुँ समाज अमेरिका र नेपाल अमेरिका पत्रकार संघ (नेजा) को संयुक्त प्रयासमा नेपाल पत्रकार महासंघमार्फत संकलि १६ लाख ७ हजार ८३२ रुपैयाँ ९ पैसा मध्ये तनहुँ अन्तर्राष्ट्रिय समाजका अध्यक्ष राजन त्रिपाठीले स्वर्गीय उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायलाई आज भेटेर. १२ लाख ५ हजार ८७५ को चेक हस्तान्तरण गरेका हुन् ।पत्रकारितामा योगदान दिएका एक वरिष्ठ पत्रकारको परिवार उपचारको संकटसँग जुधिरहेका बेला स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायको सहयोगले आशा जगाएको छ। तर सहयोग संकलनको घोषणा र रकम हस्तान्तरणसँगै अब महत्वपूर्ण प्रश्न उठ्छ—संकलित रकमको पारदर्शिता, बाँकी रकमको समयमै व्यवस्थापन र पीडित परिवारको उपचारमा सहयोगको प्रभावकारी उपयोग कसरी सुनिश्चित गरिन्छ? सहयोग जुटाउनु मानवीय दायित्व हो भने त्यसलाई समयमै सम्बन्धित परिवारसम्म पुर्‍याउनु उत्तिकै महत्वपूर्ण जिम्मेवारी हो।

यसले सहयोग अभियानमा संलग्न संस्थाहरूको जवाफदेहिता र प्रतिबद्धताको पनि परीक्षा लिन्छ। उपलब्ध विवरणअनुसार संकलित रकममध्ये बाँकी र. ४ लाख १ हजार ९५७ दशैँलगत्तै स्वर्गीय उपाध्यायका ९४ वर्षीय बुवा छायाँदत्त उपाध्यायको बैंक खातामा जम्मा गरिने बताइएको छ। उपचारको आवश्यकता र परिवारको कठिन परिस्थितिलाई मध्यनजर गर्दै बाँकी रकम तोकिएको समयमा जम्मा हुनु, सहयोगको हिसाब सार्वजनिक हुनु र रकमको सदुपयोग सुनिश्चित हुनु आवश्यक छ। स्वर्गीय पत्रकारप्रतिको सम्मान भाषण र श्रद्धाञ्जलीमा मात्र सीमित हुनुहुँदैन; संकटमा परेको परिवारले वास्तविक राहत अनुभूत गर्ने गरी सहयोग अभियानले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button