लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीमनोरञ्जन

वडा दशैं २०८३ : नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा र आराधना गरिंदै

प्रहार समाचार । तनहुँ, ३० असोज २०८३ शुक्रबार । असत्यमाथि सत्य, अधर्ममाथि धर्म र दानवी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक नवरात्रको छैटौँ दिन आज नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

वैदिक सनातन परम्परामा कात्यायनीलाई शक्ति, साहस र दुष्ट शक्तिको विनाशसँग जोडेर हेरिन्छ। धार्मिक मान्यताअनुसार देवीको आराधनाले शक्ति, ऐश्वर्य र विद्याको प्राप्ति हुने विश्वास छ। पौराणिक कथनअनुसार देवकार्य सिद्ध गर्न देवी कात्यायन ऋषिको आश्रममा अवतरित भएकी थिइन्। ऋषिले पुत्रीका रूपमा स्वीकार गरेपछि उनको नाम कात्यायनी रहन गएको मानिन्छ। नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै सुरु भएको नवदुर्गा आराधनामा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा र स्कन्दमाताको पूजापछि आज कात्यायनीको उपासना गरिँदै छ।

यस अवधिमा दुर्गा सप्तशती, श्रीमद्देवी भागवत तथा देवी स्तोत्र पाठ गर्ने परम्परा छ।नवरात्र केवल कर्मकाण्ड होइन, शक्ति, आस्था र धर्मप्रतिको निष्ठा अभिव्यक्त गर्ने पर्व पनि हो। नौ दिनसम्म गरिने देवी आराधनापछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने प्रचलन छ। कतिपय समुदायमा भने कुलपरम्पराअनुसार विजयादशमीकै दिन टीका लगाइन्छ। धार्मिक मान्यताअनुसार दुर्गा पक्षभर देवीको प्रसाद ग्रहण गर्न सकिने व्यवस्था रहेको धर्मशास्त्रविद्हरू बताउँछन्। यसरी नवरात्रले नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक निरन्तरता र विजयको सन्देश प्रवाह गर्दै आएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button