हेडलाईनसमाचारदेवघाटगण्डकी

सदरमुकाम दमौली धाउनुपर्ने बाध्यता अन्त्य गर्दै देवघाट गाउँपालिकामै करदाता सेवा

प्रहार समाचार । तनहुँ, २९ असोज २०८३ बिहीबार । आन्तरिक राजस्व कार्यालय, तनहुँ दमौलीबाट प्रवाह हुँदै आएका करदाता सेवाहरू आजदेखि देवघाट गाउँपालिकाको राजस्व शाखाबाट औपचारिक रूपमा सुरु भएका छन् । प्यान तथा भ्याट दर्ता, अन्तःशुल्क दर्ता, व्यवसाय नवीकरणलगायतका सेवा अब स्थानीय तहमै उपलब्ध हुने भएपछि सामान्य करसम्बन्धी कामका लागि सदरमुकाम दमौली धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।

नागरिकले आफ्नै पालिकाबाट सेवा पाउनु सामान्य सुविधा मात्र नभई सार्वजनिक सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने महत्वपूर्ण कदम हो । सेवा शुभारम्भका अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले करदाता सेवालाई स्थानीय तहमै उपलब्ध गराउनु नागरिकको समय, श्रम र खर्च बचत गर्ने महत्वपूर्ण पहल भएको उल्लेख गर्दै सेवा प्रवाहलाई सहज, सरल, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले करसम्बन्धी कामका लागि अनावश्यक झन्झट बेहोर्नुपर्ने अवस्थाको अन्त्य गर्दै नागरिकलाई आफ्नै पालिकाबाट सेवा लिने वातावरण निर्माण गर्नु स्थानीय सरकारको प्राथमिकतासँग जोडिएको विषय भएको बताए ।

(अ सामान्य सरकारी सेवाका लागि समेत सदरमुकाम धाउनुपर्ने बाध्यता भोग्दै आएका नागरिकका लागि यो सुरुवात राहतदायी बन्न सक्छ । तर सेवा सुरु गर्नु मात्रै पर्याप्त छैन; सेवाग्राहीले बिनाझन्झट, समयमै र पारदर्शी रूपमा सेवा पाउनु यसको वास्तविक सफलता हुनेछ । गाउँपालिकाले सेवा प्रवाहमा ढिलासुस्ती, अनावश्यक कागजी प्रक्रिया र सेवाग्राहीलाई दुःख दिने प्रवृत्तिलाई निरुत्साहित गर्दै प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सके मात्रै देवघाटमै करदाता सेवा सुरु भएको निर्णय नागरिकका लागि वास्तविक उपलब्धि बन्नेछ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button