हेडलाईनसमाचारगण्डकीभिमाद

तनहुँको भिमाद नगरपालिकाको ६३ करोड ५४ लाखको बजेट पेश, नीति तथा कार्यक्रम सर्वसम्मत पारित

प्रहार समाचार । तनहुँ, १५ असार २०८३ सोमवार । तनहुँको भिमाद नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६३ करोड ५४ लाख ५५ हजार रुपैयाँको बजेट नगरसभामा पेश गरेको छ। नगरसभाको २२औँ अधिवेशनअन्तर्गत दोस्रो बैठकमा वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्दै बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सभा समक्ष प्रस्तुत गरिएको हो।

नगरसभाको बैठकमा सभा उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक शारदा खनालले ६३ करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्दै आर्थिक विधेयक, २०८३ र विनियोजन विधेयक, २०८३ पनि पेश गरिन्। यसअघि पहिलो बैठकमा प्रस्तुत भएका नगरपालिकाका वार्षिक प्रतिवेदनहरू समेत यसै बैठकबाट पारित भएका छन्।

बैठकमा सुशासन समिति गठन तथा सञ्चालन कार्यविधि, २०८३, विधायन समिति गठन तथा सञ्चालन कार्यविधि, २०८३, विज्ञापन विधेयक, २०८३ तथा नगर कार्यपालिकाका विभिन्न निर्णय अनुमोदनसम्बन्धी प्रस्तावहरू पनि पेश गरिएका छन्। प्रस्तुत प्रस्तावहरूमाथि विस्तृत छलफल तथा आवश्यक निर्णयका लागि नगरसभाको अर्को बैठक असार ३० गते बस्ने नगरपालिकाले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button