हेडलाईनसमाचारगण्डकी

आज असार १५ राष्ट्रिय धान दिवस : विभिन्न कार्यक्रमका साथ दही–चिउरा खाएर मनाइँदै

प्रहार समाचार । तनहुँ, १५ असार २०८३ सोमबार । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर खेतमा रोपाइँ गर्दै र दही–चिउरा खाएर मनाइँदैछ। वर्षभरिको अन्न उत्पादनको आधार मानिने धान रोपाइँको मुख्य समयमा किसान खेतमै व्यस्त छन् भने श्रमपछि शक्ति सञ्चय र शरीरलाई शीतलता प्रदान गर्ने विश्वासका साथ दही–चिउरा खाने परम्परा निर्वाह गरिएको छ।

असार १५ लाई नेपाली समाजमा दही–चिउरा खाने पर्वका रूपमा समेत लिइने भएकाले खेतीपातीबाहेक अन्य पेसा–व्यवसायमा आबद्ध व्यक्तिहरूले पनि आज दही–चिउरा खाएर दिवस मनाउने गरेका छन्। नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। शुभकार्य, यात्रा वा महत्वपूर्ण काममा निस्कनुअघि दहीको सगुन खाने परम्परा आज पनि जीवित छ।

वैज्ञानिक दृष्टिले पनि दही स्वास्थ्यका लागि लाभदायक मानिन्छ भने आयुर्वेदले यसको सेवनले पाचन प्रणाली सुदृढ हुने उल्लेख गरेको छ। पखालालगायत केही स्वास्थ्य समस्यामा दही–चिउरा उपयोगी मानिने विश्वाससमेत रहेको छ। कृषि, संस्कृति र स्वास्थ्यलाई एकै सूत्रमा जोड्ने असार १५ नेपाली समाजको महत्वपूर्ण राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै आएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button