प्रहार समाचार । तनहुँ, १५ असार २०८३ सोमबार । तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीस्थित पृथ्वीराजमार्गमा सोमबार बिहान सडकमाथिबाट ढुंगा खसेपछि केहीबेर जोखिमपूर्ण अवस्था सिर्जना हुन पुग्यो । भ

सडक अवरुद्ध नभए पनि सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले तत्काल ढुंगा पन्छाएर सडक पूर्ण रूपमा सुचारु गराएको हो। वर्षायामसँगै पहिरो र ढुंगा खस्ने जोखिम बढेकाले उक्त सडकखण्ड हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले प्रहरीको द्रुत परिचालनका कारण सडक अवरोध हुन नपाएको र सवारी आवागमन सामान्य अवस्थामा सञ्चालन भइरहेको जानकारी दिए।





















