प्रहार समाचार । तनहुँ, चैत ३० । व्यास युवा क्लब र जिआर इलेक्ट्रोनिक्स सप्लायर्सको संयुक्त आयोजनामा दमाैलीमा विहिवार ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।

नयाँ वर्ष २०८१ को अवसरमा आयोजित उक्त प्रतियोगिताको उपाधि पुष्प गुरुङ र अमृत गुरुङको जोडीले जितेको छ । उपाधि जितेसंगै उक्त जोडीले पुरस्कार स्वरूप खसी प्राप्त गरेको छ।
दमौलीको उत्तरशिला कवर्ड हलमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा कुमार गुरुङ र कर्ण गुरुङको जोडी द्वितीय भएसँगै लोकल भाले पुरस्कार स्वरूप प्राप्त गरे। प्रतियोगिताका विजयी टिमलाई व्यास नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष जीवन गुरुङले पुरस्कार प्रदान गर्दै स्वास्थ्य र राष्ट्रको लागि खेलकुद अत्यन्तै महत्वपूर्ण रहेको भन्दै स्थानीय स्तरबाटै खेलकुदका गतिविधिहरू गरिनुपर्ने र सरकारले पनि यस क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिए ।
क जिआर इलेक्ट्रोनिक्स सप्लायर्सका प्राेपाइटर गाैरव खड्का लगायतले आआफ्नो मन्तव्य राखेको उक्त कार्यक्रम व्यास युवा क्लबका संस्थापक अध्यक्ष निरज गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।
























