हेडलाईनसमाचारप्रदेश

Rabi Lamichhane : ‘रास्वपा फुटाउने सपना देख्नेहरूलाई निराशा मात्रै हात लाग्छ’

प्रहार समाचार । काठमाडौं, २८ बैशाख २०८३ सोमबार । रवि लामिछाने ले आफ्नो पार्टीभित्र विभाजनको सम्भावना नरहेको स्पष्ट पार्दै केही सञ्चारमाध्यमले अनावश्यक रूपमा पार्टी फुटको चर्चा गरिरहेको टिप्पणी गरेका छन्।उनले पार्टीलाई कमजोर बनाउन वा विभाजनको हल्ला फैलाउन खोजिए पनि त्यसले कुनै प्रभाव नपार्ने दाबी गरे। “यो पार्टी फुटाउन सम्भव छैन,” भन्दै उनले कहिलेकाहीँ केही मानिसहरू र मिडियामा समेत पार्टी फुट्ने आशा वा चाहना देखिने गरेको बताए।रवि लामिछानेले व्यंग्यात्मक शैलीमा भने, “अनेक हेडलाइन बनाएर ‘अब यिनीहरू फुट्छन् कि क्या हो’ भन्ने अपेक्षा राखिएको देखिन्छ।

त्यो बास्ना त चल्ला, तर खाना आउँदैन, सेवा हुनेवाला छैन।”उनले आफ्नो पार्टी राजनीतिक रूपमा परिपक्व भइसकेको उल्लेख गर्दै अहिलेको नेतृत्व र संगठनलाई कमजोर आँक्न नहुने बताए। “हामी राजनीतिक रूपमा matured enough छौँ। हामी हुर्किसक्या छौँ,” उनले भने, “अब पार्टीभित्रको एकता र उद्देश्यलाई कसैले सजिलै प्रभावित गर्न सक्दैन।”उनको भनाइलाई पार्टीभित्र एकता कायम रहेको सन्देशका रूपमा हेरिएको छ। पछिल्लो समय विभिन्न राजनीतिक टिप्पणी र अड्कलबाजीबीच उनले सार्वजनिक रूपमा यस्तो धारणा व्यक्त गरेका हुन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button