हेडलाईनसमाचारप्रदेश

सुकुमबासी बस्तीमा डोजर चलाएको विरोधमा माइतीघरमा प्रदर्शन

प्रहार समाचार । काठमाडौं, २६ बैशाख २०८३ शनिबार । सुकुमबासी बस्तीमाथि राज्यले दमन गरेको आरोप लगाउँदै श्रम संस्कृति पार्टीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । शनिबार पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शन गरिएको हो । ‘यो देश गरिबहरूको पनि हो’ भन्ने नारासहित पार्टीका नेता तथा कार्यकर्ताहरू माइतीघरमा उत्रिएका थिए । उनीहरूले सरकारले गरिब तथा भूमिहीन नागरिकमाथि अन्याय गरेको आरोप लगाएका छन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले बागमती नदी किनार लगायत विभिन्न स्थानमा रहेका सुकुमबासी बस्तीहरूमा केही दिनअघि सरकारले डोजर चलाएर घरटहरा भत्काएको विषयप्रति आपत्ति जनाए । उनीहरूले वैकल्पिक व्यवस्थाबिनै बस्ती हटाउनु अमानवीय भएको बताएका छन् । प्रदर्शनकारीहरूले सुकुमबासीहरूको उचित व्यवस्थापन गर्न, पुनःस्थापनाको सुनिश्चितता गर्न तथा दमनकारी शैलीमा बस्ती हटाउने कार्य रोक्न सरकारसँग माग गरेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button