हेडलाईनसमाचारप्रदेश

रास्वपाको प्रथम महाधिवेशनमा कांग्रेस सभापति गगन थापाको शुभकामना : ‘विचार र नीतिमा थप परिपक्व बन्ने अवसर’

प्रहार समाचार । काठमाडौं, ७असार २०८३ आइतबार । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा पार्टी सभापति रवि लामिछाने तथा सम्पूर्ण रास्वपा परिवारलाई शुभकामना व्यक्त गरेका छन्।

 

थापाले शुभकामना सन्देशमार्फत छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफ्नो स्थान बनाएको उल्लेख गर्दै पार्टीको यात्रा प्रशंसनीय रहेको बताएका छन्। उनले रास्वपाको प्रथम महाधिवेशनलाई पार्टीको विचार, संगठन र नीतिका दृष्टिले थप परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

थापाले महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासलाई आत्मसात् गर्दै संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र उत्तरदायी बनाउने अपेक्षा व्यक्त गरेका छन्। उनले रवि लामिछानेको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको सफलताको कामना गरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button