साहित्यप्रदेश

आमाको सम्झनामा

कहाँबाट शुरु गरौं अनि काहाँ पुगेर अन्त्य गरौं ? आफै अनबिज्ञहुँदै हजुरको बारेमा केही लेख्न शुरु गरे । झलझल  हजुरको मुहारलाई मानस्पटलमा खिच्दै मन भित्र उकुस मुकुस बनेका भावनाहरु सलबलाउन थाले कुन पहिला लेखौ कुन पछि ?  म आफै रनभुलमा परे ।

घाँस काट्दाकाट्दै व्याथाले च्यापेर घरको पेटिसम्म आई मृत्यु सङ्ग लडेर मलाईयस धर्तिमा ल्याउनु भयो नि  आमा !  हो , त्यही देन देखि निरन्तर हेरिरहेको छु म हजुरको मुहार । चाहे दुखमा होस् या सुखमा मेरो मानसपटलमा हजुरको तस्बिर एकनासले बसिरहेको छ । आजको दिन भनेर के छुट्ट्याउनु ? हजुरको मुख हेर्ने होइन हजुरको सुख हेर्ने चाहाना हो मेरो । मेरो पहिलो साथी , पहिलो गुरु , पहिलो अभिभावक  , पहिलो डक्टर मेरो सब थोक हो मेरो सर्वस्व हुनुहुन्छ  हजुर । कुनै सस्तो कुरा सङ्ग दाजेर हजुरको महत्व घटाउन चाहान्न । हजुर त भगवान भन्दापनि माथी हुनुहुन्छ  । किन कि भगवानले त म रोएको चुपचाप हेर्छन्  तर हजुर त म सङ्गै रुनुहुन्छ मलाइ फकाउनुहुन्छ। मलाइ दुख्दा त्यो दुखाइको महशुस हजुर गर्नुहुन्छ  आमा । जीवन के हो ? संघर्ष के हो ? बलिदान के हो ? सहनशिलता के हो ? यी धेरै कुराहरु सिकाउनु भयो ।आफ्ना सन्तान प्रतिको आफ्नो कर्तव्य,  दायित्व , मायाप्रेम , जिम्मेवारी र अपनत्व यदि हुदैनथ्यो भने सन्सारमा  ८०  प्रतिशत महिलाहरु डिप्रेसनको सिकार बन्नेथिए । सन्तानको भुलभुलैयामा जीवन बितिरहेको पत्तै नहुदो रैछ ।हजुर  त्यस मध्येकी एक उदाहरणीय पात्र हुनुहुन्छ आमा ।


यो नाथे दुइचार शब्द कोरेर हजुरको काहानी के सकिन्थ्यो र ? हजुर त सिङ्गो महाभारतको कथाको पनि कथा बोक्नु भएकी पात्र हुनुहुन्छ  आमा । हजुर धर्ती हो, सबै कुरा सजिलै सहन गर्न सक्ने। सार्है  असहैय भएर होला है आमा कहिलेकाही त ढल्नुहुन्थ्यो। तालुमा पानी छम्किनु र हम्किनु मात्रै हाम्रो उपचार थियो । हजुर भित्रको असह्यिय ब्यथा अनुभव गर्न सक्ने कोहि थिएन त्यहाँ।  ठुला भनेका हामी नै साना थियौं भाइबहिनी को त झन् के कुरा उनिहरु अझै साना थिए । ढल्थ्यौ अनि छोराछोरीको कर्तव्यबोधले तिमिलाई आफै उठाउथ्यो । अस्वस्थ शरीर , आर्थिक अभाव, पारिवारिक तिरस्कार कसरी सहन्थ्यौ आमा ? धित मरेर रुने ठाउँ खोज्दै कहिले हसिया नाम्लो लिएर हिड्थ्यौ , कहिले डोकोनाम्लो लिएर हिड्थ्यौ , कहिले गाई फुकाएर बन तिर हिड्थ्यौ । बनमा सुकेका पतिङ्गर र चराचुरुङ्गिको आबाज सङ्गै आफ्नो आहाल बेदना पोखेर घर फर्किन्थ्यौ । “आमा नरुनुस हामी छौं नि ” भन्ने बुद्धि पनि आएन । यति मात्रै भन्न जानेको भए हजुरलाइ कति आधार पुग्दोरैछ । अहिले बुद्धि आएर के गर्नु ? अभावै अभावमा जीवन गुजारिरहदा हाम्रा माग र चाहाना कसरी पूरा गर्यौ होला ? काहाली लाग्छ तिम्रा ती दिनहरु सम्झिदा ।
हजुर भन्नुहुन्छ नि आमा माथिल्लो गह्राको पानी तल्लो गह्रामाआउँछ तल्लो गह्राको माथिल्लोमा जादैन भनेर । ठिक भन्नुभयो आमा । त्यसैले होला म बिरामी पर्दा हजुरको छाती चर्किन्छ , मलाइ गार्हो पर्दा हजुरको मन अँध्यारो हुन्छ , म रुदा हजुरको आँखा फर्फराउछ। तर हजुर सडक दुर्घटनामा परि मर्नु न बाच्नुको दोसाँधमा पुग्दा मेरो छाती किन चर्किएन ? हजुर  बेहोस हुदा किन मेरो मन छट्पटाएन ? हजुर  रुदा किन मेरो आँखा फर्फराएन  ?? हजुर  रक्ताम्य भै छट्पटीदा बालबच्चा र परिवन्धको डोरि च्वाट्ट चुडालेर हजुर सामु पुग्न के ले रोक्यो आमा मलाइ ? जुन पश्चातापको डडेलोले म बाचुन्जेल पोलिरहने छ र म  तड्पिरहनेछु । दुई हातजोडी बिन्ती गर्छु सक्नुहुन्छ भने माफ गर्नुस्  है आमा ?  जन्मेदेखी आज सम्म मेरो कारण सानाठुला जतिपनि अप्ठ्यारा असजिला मोडहरु आए ती सबैको लागि माफी चाहान्छु । अब सके सुख दिन्छु नसके दुख दिनेछैन आमा । यो जुनिलाई त म ऋणि छु अर्को जुनिप नि हजुरकै सन्तान भएर जन्म लिन पाँउ आमा ।


मेरो साक्षात परमेश्वर, साक्षात देवि मेरि आमालाई कोटि कोटि नमन छ । आज मात्रै होइन म बाचुन्जेल उत्तिकै सम्मान छ माया छ ।  हरेक पल, हरेक घडी , हरेक दिन उत्तिकै भरोसा छ ,श्रद्धा छ ,सम्मान मेरो भगवान प्रति मेरो शास्टाङ्ग प्रणाम छ ।
• व्यास- २, दमौली, तनहुँ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button