हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

राष्ट्रपतिबाट सहकारी संशोधन अध्यादेश जारी, बाँकी अध्ययनमै

प्रहार समाचार । काठमाडौं, १७ वैशाख २०८३ बिहिबार। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी एउटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको हो । सरकारले हालै ६ वटा विभिन्न अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो । तीमध्ये बिहीबार सहकारी सम्बन्धी एउटा अध्यादेश मात्रै जारी भएको हो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार बाँकी अध्यादेश भने अध्ययनकै क्रममा रहेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button