हेडलाईनसमाचारभानुगण्डकी

तनहुँको डुम्रेमा प्रहरीको नागरिक सुनुवाइ : स्थानीयका गुनासा सुन्दै सुधारको प्रतिबद्धता

प्रहार समाचार । तनहुँ, १७ बैशाख २०८३ बिहीबार । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा प्रहरीले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा स्थानीय बासिन्दाले शान्ति सुरक्षा र सार्वजनिक सेवासम्बन्धी विविध प्रश्न उठाएका छन्।

तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीको आयोजनामा कार्यक्रम सम्पन्न भएको कार्यक्रमम बोल्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले नागरिकहरूबाट आएका उचित सुझावहरू कार्यान्वयन गर्दै लैजाने र आवश्यक सुधारका नीति तथा कार्यक्रमहरू लागू गर्ने प्रतिबद्धता जनाएका थिए।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक प्रदीप सुवेदी लगायत राजनीतिक दलका प्रतिनिधि, उद्योग व्यवसायी, बुद्धिजीवी तथा सर्वसाधारण गरी करिब ५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा डुम्रे बजार क्षेत्रको सुरक्षा अवस्थाबारे खुला छलफल गरिएको थियो ।

सहभागीहरूले प्रहरी सेवाको प्रभावकारिता, ट्राफिक व्यवस्थापन, बढ्दो सडक दुर्घटना तथा लागूऔषध दुर्व्यसनजस्ता विषयमा जिज्ञासा राख्दै सुधारका लागि ठोस पहल गर्न आग्रह गरेका थिए।

/ कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रहरी प्रमुख कार्की र निरीक्षक सुवेदीले सुझावलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए।प्रहरीले यस्ता कार्यक्रममार्फत नागरिकसँग प्रत्यक्ष संवाद बढाएर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ। स्थानीयले समेत यस्ता संवादमूलक कार्यक्रम नियमित हुनुपर्ने धारणा राखेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button