प्रहार समाचार । काठमाडौं, १७ वैशाख २०८३ बिहिबार। काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि उपत्यकाभित्रका सुकुमवासी बस्ती खाली गराउने तयारी थालेपछि कपनस्थित धोबीखोला करिडोर र बसुन्धरा क्षेत्रका सुकुमवासी बस्तीमा त्रास र अन्योल बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बस्ती खाली गर्न सूचना जारी गरेपछि स्थानीयवासीहरू शुक्रबार बिहानदेखि नै घरायसी सामान, लत्ताकपडा र आवश्यक सामग्री सुरक्षित स्थानतर्फ सार्न व्यस्त देखिएका छन् ।

धोबीखोला करिडोर आसपासका बासिन्दाले विकल्पबिना बस्ती खाली गराउन लागिएको भन्दै चिन्ता व्यक्त गरेका छन् भने कतिपय परिवार आफन्तको घर तथा भाडाको कोठातर्फ सर्ने तयारीमा छन् । प्रशासनले नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत बस्ती खाली गराउन लागेको जनाएको छ ।






















