आँबुखैरेनीहेडलाईनसमाचारबन्दीपुरगण्डकीशुक्लागण्डकी

तनहुँमा बिहानैदेखि चालक सचेतना अभियान : सवारीका चालकलाई ट्राफिक नियमबारे जानकारी

प्रहार समाचार । तनहुँ, ८ कात्तिक २०८३ आईतबार । जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले पोखरा–मुग्लिङ सडकखण्डका तीन स्थानमा बिहानैदेखि चालक सचेतना अभियान सञ्चालन गरेका छन्।

आज बिहान ५ बजेदेखि सुरु गरिएको अभियानमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे साना तथा ठूला गरी २ सय १२ वटा सवारीसाधनका चालकलाई सडकको अवस्था, लेन अनुशासन र ट्राफिक नियमको पालना सम्बन्धमा सचेत गराइएको छ।सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा ६१ वटा दुई पाङ्ग्रे, ६५ वटा चार पाङ्ग्रे साना र ८६ वटा ठूला सवारीसाधनका चालकलाई सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ। सडकको अवस्था बुझेर सवारी चलाउन, निर्धारित लेनको अनुशासन पालना गर्न र ट्राफिक नियमलाई बेवास्ता नगर्न चालकहरूलाई आग्रह गरिएको छ।

सवारी दुर्घटना रोक्न नियम सम्झाएर मात्र पुग्दैन, व्यवहारमै पालना आवश्यक छ। सडकमा हुने लापरबाहीले चालकको मात्र होइन, यात्रु र अन्य सडक प्रयोगकर्ताको ज्यानसमेत जोखिममा पार्ने भएकाले सचेतना अभियानसँगै नियम उल्लङ्घन गर्नेमाथि प्रभावकारी निगरानी र कारबाही पनि उत्तिकै आवश्यक छ। प्रहरीको यो अभियानले चालकलाई जिम्मेवार बनाउन सहयोग गरे पनि सडक सुरक्षाको वास्तविक परिणाम नियमको निरन्तर पालना र जिम्मेवार सवारी सञ्चालनबाट मात्रै सम्भव हुनेछ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button