लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमती

नेपालमा पाँच दिन मौसम बिग्रने जोखिम

प्रहार समाचार । काठमाडौं, ७ कत्तिक २०८३ शनिबार । बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र चक्रवातमा परिणत हुने संकेत देखिएसँगै नेपालमा कात्तिक ११ देखि १५ गतेसम्म मौसम प्रभावित हुन सक्ने भएको छ।

नेपाल मौसम विज्ञान विभागका अनुसार सम्भावित चक्रवातका कारण वर्षा हुन सक्ने भए पनि त्यसको मात्रा, जोखिम र प्रभावबारे अहिले नै यकिन भइसकेको छैन। मौसमको सम्भावित जोखिमलाई बेवास्ता गर्दा कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।शुक्रबार बिहान ५ः४५ बजे पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै कात्तिक ९ गते चक्रवात आँधीमा विकसित हुने अनुमान गरिएको छ। उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा तट आसपासबाट जमिनमा प्रवेश गर्ने सम्भावना छ।

यसको प्रत्यक्ष प्रभाव नेपालमा कति पर्ने भन्ने स्पष्ट नभए पनि मौसम प्रणालीको विकासक्रमले आगामी दिनमा सतर्कता आवश्यक देखाएको छ।सम्भावित प्रतिकूल मौसमले कृषि उत्पादन, पर्यटकीय गतिविधि र यात्रामा असर पार्न सक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई पूर्वतयारीमा जुट्न आवश्यक छ। वर्षाको मात्रा र जोखिमबारे स्पष्ट पूर्वानुमान आइनसकेको अवस्थामा मौसमसम्बन्धी आधिकारिक सूचनालाई बेवास्ता नगर्नु र आवश्यक सावधानी अपनाउनु महत्त्वपूर्ण हुनेछ। सम्भावित जोखिमलाई सामान्य ठानेर बस्ने होइन, समयमै सतर्कता अपनाएर क्षति न्यूनीकरण गर्ने तयारीमा जुट्नुपर्ने देखिन्छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button