लुम्बिनीहेडलाईनसमाचार

रोल्पामा जीप दुर्घटना : २० जनाको ज्यान गयो

प्रहार समाचार । दाङ, १७ वैशाख २०८३ बिहीबार । रोल्पामा वैशाख पूर्णिमाको मेलामा सहभागी हुन जाँदै गरेका तीर्थयात्री बोकेको जीप आज दुर्घटनामा पर्दा २० जनाको ज्यान गएको छ। रुकुम पूर्वबाट थवाङ गाउँपालिकाको जलजलातर्फ गइरहेको लु१ज ४१६७ नम्बरको जीप आज दिउँसो थवाङ–१ सल्याप क्षेत्रमा भिरबाट करिब ८ सय मिटर तल खस्दा घटनास्थलमै यात्रुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापाका अनुसार जीपमा सवार सबै यात्रु मेलामा सहभागी हुन गइरहेका थिए। दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख वीरेन्द्र विश्वकर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको र उद्धार तथा थप अनुसन्धान कार्य जारी रहेको उनले बताए।


प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको सनाखत अझै हुन सकेको छैन। दुर्गम भूगोलका कारण उद्धार तथा पहिचान कार्यमा कठिनाइ भइरहेको जनाइएको छ भने दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button