हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकीस्वास्थ्य

तनहुँको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा नेतृत्व परिवर्तन, डा. श्रेष्ठलाई बिदाइ र डा. रायमाझीलाई स्वागत

प्रहार समाचार । तनहुँ, १२ मंसिर २०८३ शनिबार । तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा कार्यकारी नेतृत्व परिवर्तन भएको छ। लामो समयदेखि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका डा. रामकुमार श्रेष्ठको सरुवा भएपछि अस्पतालले एक समारोहबीच उनलाई बिदाइ गरेको छ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका डा. श्रेष्ठ २०७५ साउन १ गतेदेखि अस्पतालमा कार्यरत थिए। करिब आठ वर्ष अस्पतालमा सेवा दिएका श्रेष्ठको हालै सरुवा भएपछि अस्पताल परिवारले उनको योगदानको स्मरण गर्दै औपचारिक रूपमा बिदाइ गरेको हो।

यसैबीच, मंसिर १० गतेदेखि अस्पतालमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्ने गरी सरुवा भई आएका डा. पवन जङ्ग रायमाझीलाई स्वागत गरिएको छ। अस्पतालले एकै समारोहमा पुरानो नेतृत्वलाई बिदाइ र नयाँ नेतृत्वलाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरणको प्रक्रिया अघि बढाएको हो।नेतृत्व परिवर्तनसँगै अस्पतालको सेवा प्रवाह, व्यवस्थापकीय चुस्तता र संस्थागत विकासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। अब नयाँ जिम्मेवारीमा आएका डा. रायमाझीको नेतृत्वमा अस्पतालले सेवा सुधार र बिरामीको उपचारलाई कति प्राथमिकता दिन्छ भन्ने चासो पनि बढेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button