हेडलाईनसमाचारविचारप्रदेश

सांसद डा पुनको प्रश्न : जनताको काम गर्न अध्यादेश ल्याउँदा किन किचकिच ?

प्रहार समाचार । काठमाडौं, १७ वैशाख २०८३ बिहिबार। पूर्व शिक्षा मन्त्री एवम् माननिय सांसद डा महाविर पुन ले सरकारले जनताको हितका काम गर्न अध्यादेश ल्याउनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू शिक्षा मन्त्री हुँदा गर्न खोजेका धेरै काम कर्मचारीतन्त्रले “ऐन कानुन छैन” भन्दै रोकिदिएको अनुभव सुनाउँदै अहिले पनि आवश्यक काम अघि बढाउन अध्यादेश आवश्यक पर्ने बताएका हुन्।

“जनताका लागि फाइदा हुने काम गर्न खोज्दा मन्त्रालयले ऐन कानुन छैन भनेर अल्झ्याउँदा धेरै दुःख पाएँ,” उनले लेखेका छन्। उनका अनुसार ‘जेनजी आन्दोलन’पछि शिक्षा मन्त्री हुँदा ल्याउन खोजिएका तीन वटा अध्यादेशसमेत धेरै प्रयासका बाबजुद सफल हुन नसकेको बताएका छन्। साथै, उनले “चुनाव लडेर सांसद भएको हो नि, कुरा बुझ्नुपर्‍यो” भन्दै अध्यादेशको विरोध नगर्न आग्रह गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button