हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

नेपाल आयल निगमले सार्वजनिक गर्यो पेट्रोलियम पदार्थको नयाँ दर

प्रहार समाचार । काठमाडौं, १ प वैशाख २०८३ शुक्रबार। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य शुक्रबारदेखि लागू हुनेछ ।समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ कमी गरिएको निगमले जनाएको छ ।

यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढाइएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ भने प्रतिकिलोलिटर अमेरिकी डलर ४६ वृद्धि गरिएको निगमको विज्ञप्तिमा उल्लेख छ ।नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २१६ रुपैयाँ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम गरिएको छ ।त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर २२२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २२४ रुपैयाँ र तेस्रो वर्गमा २२५ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button