हेडलाईनसमाचारबागमती

बुद्ध जयन्तीमा प्रधानमन्त्री शाहको सन्देश : ‘ज्ञ’ बाटै साँचो क्रान्ति सम्भव

प्रहार समाचार । काठमाडौँ, १८ वैशाख २०८३ शुक्रबार । बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले शान्ति, अहिंसा र ज्ञानको मार्ग अवलम्बन गर्न आह्वान गरेका छन्। शुभकामना सन्देश दिँदै उनले गौतम बुद्ध ले देखाउनुभएको दुःख, दुःखको कारण, त्यसको निवारण र निवारणको मार्गसम्बन्धी शिक्षाले आज पनि मानव जीवनलाई मार्गदर्शन गरिरहेको उल्लेख गरे।

उनले बुद्धको शिक्षाअनुसार अँध्यारो हटाउने उपाय उज्यालोको खोज नै भएको भन्दै समाजले ज्ञानको ज्योति फैलाउनुपर्ने धारणा राखे।प्रधानमन्त्री शाहले साँचो परिवर्तन बल वा हिंसाबाट नभई ज्ञानबाट सम्भव हुने उल्लेख गर्दै ‘क’ भन्दा ‘ज्ञ’ बाटै क्रान्ति सुरु हुने बताए। उनका अनुसार समाजका समस्या समाधानका लागि चेतना, विवेक र शिक्षा नै मुख्य आधार हुन्। बुद्धले देखाउनुभएको बाटो अपनाएमा व्यक्तिगत मात्र होइन, सामाजिक र विश्वस्तरमै शान्ति स्थापना गर्न सकिने उनको भनाइ थियो।

नेपाल बुद्ध जन्मिएको पवित्र भूमि भएकाले सधैं शान्ति र अहिंसाको पक्षमा उभिनुपर्ने उल्लेख गर्दै उनले विश्वशान्तिको कामना समेत व्यक्त गरे। बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्ण नेपालीमा प्रज्ञामय शुभकामना दिँदै प्रधानमन्त्रीले “अप्प दीपो भवः” अर्थात् आफैं आफ्नो दीपक बन्ने सन्देशलाई जीवनमा उतार्न आग्रह गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button