हेडलाईनसमाचारप्रदेश

विपि विचार राष्ट्रिय समाजको  सभापतिमा गोविन्दराज जोशी

प्रहार समाचार । काठमाडौँ, बैशाख २७ । नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री एवं पुर्व गृहमन्त्री गोविन्दराज जोशी विपि विचार राष्ट्रिय समाजको सभापतिमा निर्वाचित भएका छन्।
बिहिबार काठमाडौको धुम बाराहिमा भएको चौथो महाधिवेशन बाट जोशी सर्वसम्मत रुपमा सभापतिमा निर्वाचित भएको विपि बिचार समाज तनहुँका सभापति एवं महाधिवेशन प्रतिनिधि हरिशरण पण्डितले बताए।

संस्थाका संस्थापक सभापति एवं नेकाका पूर्व महामन्त्री कुल बहादुर गुरुङ्गले उद्घाटन गर्दै नेपाली कांग्रेसले विपिको मूल्य, मन्यता एवं आदर्शलाई भुलेकाले विपि विचार समाज स्थापना गर्नुपरेको बताए।
कार्यक्रममा समाजका महासचि विनय ध्वज चन्द, उप महासचिव राम बहादु गुरुङ, नेका पूर्व महामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्य लोकेश ढकाल लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए।
नव निर्वाचित सभापति जोशीले नेपाली कांग्रेसले सिद्धान्तको राजनीति छोडेर सत्ताको राजनीति गरेको उल्लेख गर्दै आफ्नो बहुमत गुमाएर सत्ताका लागि वामपन्थिहरुको पुच्छर भएको बताए।  जोशीले भने –  ‘सत्ता मोहले  कांग्रेसलाई सिध्याउँछ’ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button