हेडलाईनसमाचारगण्डकी

लमजुङमा रक्षात्मक सवारी सञ्चालन र चेकजाँचको प्रशिक्षण

• विजय अधिकारी (संवाददाता) १९ कात्तिक २०८३ बिहीबार । सडक सुरक्षा र ट्राफिक नियम कार्यान्वयनमा खटिने प्रहरी कर्मचारीलाई लमजुङमा रक्षात्मक सवारी सञ्चालन र व्यवस्थित सडक चेकजाँचको प्रशिक्षण दिइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले प्रहरी कर्मचारीको सवारी सञ्चालनसम्बन्धी ज्ञान, सीप र व्यक्तिगत सुरक्षा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आज जिल्ला प्रहरी कार्यालय परिसरमा प्रशिक्षण सञ्चालन गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वयमा सञ्चालित प्रशिक्षणमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र अस्थायी ट्राफिक प्रहरी पोस्टमा कार्यरत प्रहरी कर्मचारी सहभागी थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गौतमबहादुर खत्रीले सहभागीलाई रक्षात्मक सवारी सञ्चालन, ट्राफिक नियमको पालना, व्यक्तिगत सुरक्षा तथा सडक सवारी चेकजाँचका विधिबारे प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा ‘सडक सवारी चेकजाँचसम्बन्धी मार्गदर्शन, २०८१’ को प्रभावकारी कार्यान्वयनका लागि नमुना अभ्याससमेत गराइएको थियो।

सडकमा अरूलाई नियम सिकाउने प्रहरी आफैँ पनि सुरक्षित, दक्ष र जिम्मेवार हुनुपर्ने मान्यतासहित सञ्चालन गरिएको प्रशिक्षणले प्रहरीको कार्यशैलीलाई थप व्यावहारिक र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन केवल चेकजाँचमा सीमित नभई सुरक्षित सवारी सञ्चालन, सही कार्यविधि र व्यक्तिगत सुरक्षासँग पनि जोडिएकाले यस्तो प्रशिक्षणलाई नियमित र व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता देखिन्छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button