प्रहार समाचार । तनहुँ, १५ कात्तिक २०८३ आइतबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नं. २ बाट निर्वाचित सांसद श्रीराम न्यौपानेले राज्यका प्रमुख संस्थादेखि राजनीतिक दल सञ्चालनसम्म विचौलियापन हावी हुँदै गएको भन्दै विद्यमान सिस्टम परिवर्तन अपरिहार्य भएको बताएका छन्।

न्यौपानेका अनुसार जनताले ‘सिस्टम परिवर्तन गर्छौं’ भन्ने प्रतिबद्धतामा विश्वास गरेर मत दिएका हुन् र जनताले आफ्नो मतमार्फत परिवर्तनको जनादेशसमेत दिइसकेका छन्। तर अदालत, कर्मचारीतन्त्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाली सेना, नेपाल प्रहरी र राजनीतिक दल सञ्चालन गर्ने पद्धतिसम्म विचौलियाको प्रभाव विस्तार हुँदै जानु राज्य व्यवस्थाकै गम्भीर चुनौती भएको उनको भनाइ छ।
जनताले मत दिएर परिवर्तनको ढोका खोलिसकेका छन्, अब नेतृत्वले परिणाम देखाउन सक्नुपर्छ। चुनावी नारामा सीमित हुने छुट अब कसैलाई छैन। राज्यका संस्थाहरूलाई विचौलियाको प्रभावबाट मुक्त गरी विधि, पारदर्शिता, जवाफदेहिता र सुशासनको जगमा पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै न्यौपानेले सिस्टम परिवर्तनलाई अपरिहार्य बताएका छन्।

















