आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटगण्डकी

नेपाली कांग्रेसको १५औँ (नियमित) महाधिवेशन : तनहुँ क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन सम्पन्न, पुरानै राजनीतिक अनुहारको वर्चस्व

प्रहार समाचार । तनहुँ, १४ कात्तिक २०८३ शनिबार । । नेपाली कांग्रेसको १५औँ (नियमित) महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय नेतृत्वदेखि महाधिवेशन प्रतिनिधिसम्म चयन भएका छन्। तस्बिरहरु : प्रहार अनलाइन मिडिया

शनिबार दमौलीमा सम्पन्न अधिवेशनले क्षेत्रीय सभापतिमा काजीमान श्रेष्ठलाई चयन गरेको छ भने प्रदेशसभा क्षेत्र (क) को सभापतिमा तारानरेश पौडेल र (ख) को सभापतिमा रामदेव पन्थ चयन भएका छन्।

त्यस्तै व्यास नगर सभापतिमा कृष्णप्रसाद सोती, भानु नगर सभापतिमा गोविन्द जिसी, आँबुखैरेनी गाउँ सभापतिमा भीष्मकान्त गौली, बन्दीपुर गाउँ सभापतिमा रामकृष्ण विक र देवघाट गाउँ सभापतिमा प्रमोद मल्ल चयन भएका छन्।अधिवेशनबाट खुलातर्फ शंकर भण्डारी, लक्ष्मी आचार्य, डम्बरबहादुर अधिकारी, विपेन्द्र अधिकारी, माधव खनाल, टेकबहादुर गुरुङ, रघुबहादुर केसी, प्रवीण कैनी, राजु खड्का र महेशराज भट्टराई महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

महिलातर्फ यमुना खड्का, इन्दुदेवी मल्ल र मायादेवी सोती, खसआर्यतर्फ विष्णु भण्डारी, अपाङ्गतातर्फ सुरज बोहोरा, प्रजातन्त्र सेनानीतर्फ छत्रराज भण्डारी र चुननारायण श्रेष्ठ, विज्ञतर्फ कमलभक्त पोखरेल तथा श्रमिकतर्फ अमित थापा चयन भएका छन्। त्यसैगरी दलिततर्फ रनबहादुर कामी, आदिवासी जनजाति महिलातर्फ चिजा श्रेष्ठ र लालमती गुरुङ, पुरुषतर्फ सुकुमलाल गुरुङ, केशरबहादुर गुरुङ र इन्द्रबहादुर दरै तथा अन्यतर्फ एनजे अली महाधिवेशन प्रतिनिधि बनेका छन्।

नेतृत्व चयनसँगै कांग्रेस तनहुँ–१ मा महाधिवेशनको राजनीतिक सरगर्मी बढेको छ। तर अधिवेशनको वास्तविक परीक्षा पदाधिकारी र प्रतिनिधि चयनमा मात्र सीमित छैन। गुटगत समीकरण, आन्तरिक शक्ति सन्तुलन र पदको भागबन्डाभन्दा माथि उठेर पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न अझै बाँकी छ। बदलिँदो राजनीतिक परिस्थिति र जनताको बढ्दो असन्तुष्टिका बीच कांग्रेसले नेतृत्वमा नयाँ सोच, कार्यशैलीमा परिवर्तन र जनताप्रतिको जवाफदेहिता स्थापित गर्न नसके महाधिवेशनबाट चुनिएका अनुहार फेरिए पनि पार्टीप्रतिको जनधारणा फेरिने छैन।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button