हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जन

‘चौथो दमौली भोटिबजार भादगाउँ सांस्कृतिक महोत्सव’ मंसिर २ देखि, लण्डन ब्रिज र भ्यू टावर मुख्य आकर्षण

प्रहार समाचार । तनहुँ, १२ कात्तिक २०८३ बिहीबार । । ‘हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो स्वाभिमान, हरिबोधनी एकादशी महोत्सव हाम्रो सझा पहिचान ‘ भन्ने मूल नारासहित तनहुँको व्यास नगरपालिका–१, भादगाउँमा ‘चौथो दमौली भोटिबजार बजार भादगाउँ सांस्कृतिक महोत्सव–२०८३’ आयोजना हुने भएको छ।

दोभान युवा क्लबको आयोजनामा आगामी मंसिर २ देखि १३ गतेसम्म एकादशी बजार लाग्ने स्थानमा सञ्चालन हुने महोत्सवलाई यसपालि विगतभन्दा फरक, आकर्षक र दर्शकको रोजाइमा पर्ने गरी तयारी गरिएको क्लबका अध्यक्ष नलबहादुर दरैले बताए।

अध्यक्ष दरैका अनुसार महोत्सवमा लण्डन ब्रिज र भ्यू टावर मुख्य आकर्षणका रूपमा रहनेछन्। दर्शकलाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यसहित तयार गरिने आकर्षक संरचनाले महोत्सवको रौनक बढाउने अपेक्षा गरिएको छ।

स्थानीय कला, संस्कृति र पहिचानको संरक्षणसँगै मनोरञ्जन र आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य राखिएको महोत्सवमा उल्लेख्य दर्शकको उपस्थिति रहने तथा राम्रो आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ। महोत्सवको सह–आयोजक दोभान आमा समूह रहेको छ। व्यास–१, भादगाउँमा आयोजना हुने महोत्सवले स्थानीय संस्कृति र मौलिक परम्पराको प्रवर्द्धन गर्दै क्षेत्रको व्यापार, पर्यटन र आर्थिक गतिविधिमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

आमा समूहकी अध्यक्ष राधिका थापा हाम्रो धर्म, संस्कृति, स्वभिमानलाई बचाउँदै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताउँछिन् । महोत्सवलाई सफल बनाउन आयोजक तथा सह–आयोजक जुटेका छन्। यहि १५ गतेबाट महोत्सवलाई आवश्यक पर्ने सामाग्रीहरु झारिने बताइएको छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button