प्रहार समाचार । तनहुँ, १० कात्तिक २०८३ मंगलबार । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार संविधानविरुद्ध अतिवादी बाटोमा हिँडे त्यसको सशक्त प्रतिवाद गर्ने र संविधानअनुसार अघि बढे सहयोग गर्ने बताएका छन् ।

नेपाल तरुण दल तनहुँको आयोजनामा ७४औँ तरुण स्थापना दिवसको अवसरमा व्यास नगरपालिका–३ स्थित अनसन चौतारीमा आयोजित शुभकामना आदानप्रदान, तरुण पुरस्कार वितरण तथा चियापान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले संविधानको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा कांग्रेस दृढ रहेको बताए । उनले नेपालमा समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने पार्टी नेपाली कांग्रेस मात्रै रहेको दाबी गर्दै राजनीतिक स्थिरता र सहकार्यको आवश्यकतामा जोड दिए । महामन्त्री पौडेलले एउटै पार्टीमा दुई जना सभापति हुन नसक्ने उल्लेख गर्दै पार्टी नेतृत्वसम्बन्धी विवादले राजनीतिक वृत्तमा गलत सन्देश जाने टिप्पणी गरे ।

महामन्त्री पौडेलले लोकतन्त्र र संविधानको मर्मविपरीत सरकार अघि बढे कांग्रेस चुप लागेर नबस्ने उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. जगदीशचन्द्र पोखरेल, दीपक भट्टराई, चिनु पोखरेललगायतले तरुण दलको भूमिका, पार्टी संगठन सुदृढीकरण र युवालाई राजनीतिसँगै उत्पादन तथा उद्यममा जोड्नुपर्ने विषयमा जोड दिएका थिए । कार्यक्रमका अवसरमा तरुण पत्रकारिता पुरस्कार–२०८३ बाट फोनिजकी केन्द्रीय सचिव मिला दरै र तरुण युवा उद्यमी पुरस्कार–२०८३ बाट नमुना जलदेवी कृषक समूहकी सञ्चालिका भूमाया गुरुङलाई सम्मान गरिएको थियो । त्यसैगरी अनसन चौतारीको दैनिक सरसफाइमा योगदान पुर्याउँदै आएका भरत विकलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो ।




पुरस्कार तथा सम्मान महामन्त्री पौडेल र नेपाल तरुण दल तनहुँका अध्यक्ष हिरा थापाले प्रदान गरेका थिए । त
























