व्यासहेडलाईनसमाचारगण्डकी

बहुविवाह मुद्दाका फरार प्रतिवादी तनहुँका थापा पक्राउ

प्रहार समाचार । तनहुँ, १० कात्तिक २०७३ मंगलबार । बहुविवाह मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भई लामो समयदेखि फरार रहेका तनहुँ व्यास नगरपालिका–४ का ३० वर्षीय सुनिल थापा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले अदालतको फैसला कार्यान्वयनका क्रममा थापालाई सोमबार आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। तनहुँ जिल्ला अदालतबाट बहुविवाह मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका थापा फैसला कार्यान्वयनबाट जोगिँदै फरार रहँदै आएका थिए।

अदालतको फैसला कार्यान्वयन गर्ने अभियानअन्तर्गत प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए । क



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button