प्रहार समाचार । काठमाडौँ, ११ कात्तिक २०८३ बुधबार । स्थानीय बजारमा सुन–चाँदीको मूल्य फेरि उकालो लागेको छ ।

आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेर २ लाख ८३ हजार २ सय रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ३ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिंजो प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर नयाँ दरमा पुगेको हो ।
त्यस्तै, हिंजो ३ हजार ९ सय ७० रुपैयाँ रहेको चाँदीको मूल्य पनि बढेर आज प्रतितोला ३ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ । सुन र चाँदीको मूल्यमा आएको यो वृद्धिले गरगहना खरिद गर्ने उपभोक्ताको खर्च थप बढाएको छ । विशेषगरी विवाह, चाडपर्व तथा अन्य पारिवारिक प्रयोजनका लागि सुनचाँदी किन्नुपर्ने सर्वसाधारण बढ्दो मूल्यको प्रत्यक्ष मारमा परेका छन् । मूल्यवृद्धिले बजारमा कारोबार र उपभोक्ताको क्रयशक्तिमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढिरहेका बेला सुनचाँदीको मूल्यले फेरि उकालो यात्रा तय गरेको छ ।

















