हेडलाईनसमाचारबागमतीअन्तर्राष्ट्रिय समाचार

नेपालीकालागि मलेसियामा रोजगारी बन्द ! कारण के हो ?

प्रहार समाचार । काठमाडौं, ११ कात्तिक २०८३ बुधबार । नेपाली अदक्ष श्रमिकको प्रमुख गन्तव्य मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ ।

मलेसियाले गत असोज १५ गतेदेखि नयाँ श्रमिकको बायोमेडिकल अर्थात् स्वास्थ्य परीक्षण प्रक्रिया रोकेपछि नयाँ भिसा (कलिङ भिसा) जारी हुन सकेको छैन । नेपालबाट श्रमिक पठाउने म्यानपावर कम्पनीको मान्यतासम्बन्धी विवाद समाधान नहुँदा रोजगारी प्रक्रिया अवरुद्ध भएको हो ।मलेसियाको विदेशी श्रमिक व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) सञ्चालन गर्ने जिम्मेवारी पाएको वेस्टिनेट एसडीएन कम्पनीले नेपालका लागि सूचीकृत २५ म्यानपावर कम्पनीले मलेसियाबाट प्राप्त गरेको प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सीको मान्यता सक्रिय भएपछि मात्रै नयाँ श्रमिकको बायोमेडिकल दर्ता हुने जनाएको छ ।

स्वास्थ्य परीक्षणको प्रतिवेदन जारी नभएसम्म भिसा प्रक्रिया अघि बढ्न नसक्ने भएकाले कम्पनीको मान्यता र दर्तासम्बन्धी विवाद समाधान नहुँदासम्म नयाँ श्रमिकको मलेसिया जाने बाटो बन्द रहने देखिएको छ ।रोजगारी प्रक्रिया रोकिँदा मलेसिया जान तयारी अवस्थामा रहेका श्रमिक प्रभावित भएका छन् । भिसा र स्वास्थ्य परीक्षणको प्रतीक्षामा रहेका श्रमिकको वैदेशिक रोजगारी अनिश्चित बन्नुका साथै ऋण लिएर तयारी गरेका व्यक्तिमाथि आर्थिक दबाब बढ्ने जोखिम छ । मलेसियामा रोजगारीका लागि जाने नेपालीको ठूलो हिस्सा अदक्ष श्रमिक भएकाले यसको असर उनीहरूको परिवारको आम्दानी र रेमिट्यान्समा समेत पर्न सक्छ । नेपाल र मलेसिया सरकारबीच म्यानपावर कम्पनीसम्बन्धी विवाद समाधान गरी स्वास्थ्य परीक्षण र भिसा प्रक्रिया पुनः सञ्चालन नगरेसम्म नयाँ श्रमिकको प्रस्थान सहज हुने देखिँदैन ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button