प्रहार समाचार । तनहुँ, १२ कात्तिक २०८३ बिहीबार । तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित पृथ्वी राजमार्गमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया महिलाको मृत्यू भएको छ ।

मृत्यू हुनेमा स्थानिय पम्फा बोटे रहेकी छन् । । .प्र.०२–०५५ प १६३९ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी बोटेलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा राति ९ बजे उनको मृत्यु भएको हो।दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय अनिल गोतामे र पछाडि सवार १८ वर्षीय मन्दिप घिमिरेसमेत घाइते भएका छन्। पैदलयात्रीलाई ठक्कर दिएपछि भएको दुर्घटनामा वृद्धाको ज्यान गएको छ भने मोटरसाइकलमा सवार दुवै जना घाइते भएका छन्।घाइते चालक गोतामे र घिमिरेको तनहुँको डुम्रेस्थित लक्ष्मी सिटी अस्पतालमा उपचार भइरहेको छ। पृथ्वी राजमार्गमा हुने यस्ता दुर्घटनाले सडक सुरक्षामाथि गम्भीर प्रश्न उठाइरहेका बेला सवारी चलाउँदा गति नियन्त्रण, सावधानी र पैदलयात्रीको सुरक्षामा ध्यान दिनु अपरिहार्य देखिएको छ।

















