प्रहार समाचार । तनहुँ, १२ कात्तिक २०८३ बिहीबार। तनहुँको देवघाट गाउँपालिका–५ स्थित कालीगण्डकी नदीमा नुहाउने तथा पूजाकालागि जल लिन गएका महेश सन्यास आश्रममा सञ्चालित गुरुकुलमा अध्ययनरत एक छात्र बेपत्ता भएका छन् ।

काभ्रेपलाञ्चोक घर भई व्यास नगरपालिका–४ मा बसोबास गर्ने पुरुषोत्तम नेपालका छोरा १८ वर्षका आदर्श नेपाल साथीहरूसँगै नदीमा नुहाउने क्रममा बेला बेपत्ता भएका हुन्। उनी आश्रममा बसेर कक्षा १० मा अध्ययन गर्दै आएका थिए।
घटनाबारे आश्रमका व्यवस्थापक युवराज दाहालले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले बेपत्ता छात्रको खोजी कार्य अघि बढाएको जनाएको छ। नदीमा बेपत्ता भएको घटनापछि उनको अवस्था अझै अज्ञात छ भने खोजीको पछिल्लो प्रगतिबारे थप विवरण आउन बाँकी छ।
धार्मिक आस्थाको केन्द्र देवघाटस्थित कालीगण्डकी नदीमा हुने यस्ता घटनाले नदी किनारमा स्नान तथा धार्मिक कर्म गर्न पुग्नेहरूका लागि सावधानीको गम्भीर प्रश्न उठाएको छ। नदीको तीव्र बहाव र गहिराइको जोखिमलाई बेवास्ता गर्दा क्षणभरमै अप्रिय घटना हुन सक्ने भएकाले सुरक्षित स्थानमा मात्र स्नान गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आवश्यक छ। ब

















